
पूर्णपुष्टि, असार २५ ।
गाइघाटस्थित गाईघाट सिभिल हस्पिटलले तीनवर्षे वालकको हातको कुहिनोको जोर्नीको राम्रो उपचार नगर्दा हात बांगिएको भन्दै अभिभावकले गुनासो गरेका छन् ।
आज बालकसहित पूर्णपुष्टिमा आएका बालक कृष कटुवालका बुवा हरीबहादुर र आमा अम्बिका खड्काले यस्तो गुनासो गरेका हुन् । त्रियुगा नगरपालिका ९ राजाबासका अभिभावकका अनुसार गतवर्षको मंसिरमा बालकको घरमा लडेर दाहिने हाँतको कुहिनाको जोर्नी खुस्किए पछि लगत्तै सो हस्पिटलमा उपचारका लागि लगिएको थियो । हस्पतालले हात सिधा बनाउने भन्दै ब्याण्डेज गरेको थियो । एकमहिना एकहप्ता पछि ब्याडेज खोल्दा बालकको हात बाँगिएको अवस्थामै थियो । हात सिधा भएन भन्दै अभिभावकले गुनासो गर्दा हस्पिटलले बालकको हात चार÷पाँच महिनामा सिधा भइसक्छ भनेको तर, नौमहिना भइसक्दा पनि सिधा नभएको बुवा हरिबहादुरले बताउनुभयो । “हस्पिटलमा डाक्टरले पाँच÷छ महिनामा सिधा हुन्छ भनेको थियो तर, सिधा नहुने रहेछ ।” हरिबहादुरले भन्नुभयो “हस्पतालले चरम लापरवाही गर्दोरहेछ ।”
उपचार खर्च भने तीसहजार बढि लागेको उहाँले बताउनुभयो । उपचारखर्च महंगो लागेपनि छोरोको हात सिधा होस् भन्ने चाहेको तर अस्पतालमा उपचारमै लापरवाही भएकाले छोरोको हात बाँगिएको उहाँले दावी गर्नुभयो ।
अव बालकको हात सिधा बनाउन थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरेको पनि उहाँले बताउनुभयो । उपचारमा लापरवाहीको छानविन र क्षतीपूर्तीका लागि कानुनी उपचारमा समेत जाने उहाँले बताउनुभयो ।
हस्पिटलका डाक्टर सञ्जयकुमार साहले बालकको अवस्था अहिले आफुले नहेरेको र विरामीको अवस्था नहेरी केही भन्न नसकिने बताउनुभयो । कतिपय विरामीको हात भाँचिएको कुरामा सिधा हुन समय लाग्ने, कतिपय सिधा नहुने पनि डा. साहले बताउनुभयो ।
हस्पिटलकाे चरमलापरवाही उपचारकाे पर्दाफास् यसअघि थुप्रै सञ्चारमाध्यममा भइसकेका छन् । पिडितहरूले व्यापक जनगुनासाे गर्दै मेडिकल काउन्सिलमा उजुरीसमेत लगाएका थिए ।
तस्विरहरू :


