Monday, April 20News That Matters

गाईघाट आएकी रचनाको बर्षाकका कारण प्रस्तुती रोकियो, अब २५ गते आउने

पूर्णपुष्टि, असोज
बजाजको सांगितक कार्यक्रममा प्रस्तुती दिन गाईघाट आईपुगेकी रचनाले बर्षाका कारण आफ्नो प्रस्तुती दिन सकिनन् । अहिलेको अत्यान्तै व्यस्त गायीकाको रुपमा रहेकी रचना रिमालले बर्षाका कारण आफ्नो प्रस्तुती राख्न नपाउँदा उनि तत्कालै गाईघाट बाट अर्को कार्यक्रममा फर्किएकी छिन् । आयोजकका अनुसार अब २३ गते (आज) बिराटनगर बिमानस्थल हुदै काठमाडौं फर्किएर भक्तपुरको कार्यक्रममा भ्याउनेछिन् । त्यसलगतै फेरि उनी असोज २५ गते अधुरो स्टेजवरपरका दर्शक उफार्न गाईघाट आइपुग्ने कार्यक्रम तय भएको छ ।
शुक्रबार साँझ प्रस्तुतीको सेडुल रहेकी रचनाले आफ्नो प्रस्तुती दिन नसक्दा दर्शकहरु निराश भए । रचनाको प्रस्तुतीकै लागि भनेर थुप्रै दर्शकहरु कार्यक्रम स्थल पुगेका थिए । तर शुक्रबारको बर्षाका कारण रचनाको प्रस्तुती दर्शकले हेर्न पाएनन् ।

बजाज स्वरुम गाईघाटले आफ्नो नयाँ स्कीम प्रबद्र्धन गर्न आयोजना गरेको सांगीतिक कार्यक्रममा सहभागी हुन आएकी रिमाल असोज २२ गते स्टेज तताउने समय कोठाभित्रै बस्नुप¥यो । उनि अब भक्तपुरको कार्यक्रम सकेर फेरी गाईघाट आउने आयोजकले जनाए ।
बजाजले २७ गतेसम्म सांगीतिक कार्यक्रम गर्ने तालिका छ । जसमा शनिबार (आज) चर्चित लोकदोहोरी गायक प्रकाश सपूतको प्रस्तुती रहनेछ ।