Friday, June 12News That Matters

गाईघाट बजारमा मोटरसाईकल दुर्घटना, जुत्ता पसलका एकजना शक्त घाईते

पूर्णपुष्टि, जेष्ठ ३
गाईघाटमा भर्खरै मोटरसाईकल दुर्घटना भएको छ । बुधबार बिहान १० बज्नै लाग्दा त्रियुगा नगरपालिका असारी रोडमा दुई मोटरसाईकल एकआपसमा ठोकिँदा उक्त दुर्घटना भएको छ । दुर्घटनामा घटना आसापासका सोहि स्थानमा जुत्ता चप्पल पसल गर्ने व्यक्ति घाईते भएका छन् । उनको खुट्टामा गम्भीर चोट लागेको छ । दुर्घटनामा दुवै मोटरसाईकल पूर्ण क्षती हुन पुगेको छ । घाईते हुनेमा असारी रोड साईडका चप्पल जुक्ता पसलका हरेराम माली घाईते भएका छन् । उनको खुट्टा सहित शरिरको बिभिन्न स्थानमा चोट लागेको छ । बगाहा बाट धरान तर्फ गैरहेको प्रदेश १ ०५००१ प ५२१३ नं को मोटरसाईकलले स ८ प ६१५० नं को मोटरसाईकललाई पछाडी बाट ठक्कर दिएको थियो । खाना खाएर पसल आएका हरेराम रोड बाट आफ्नो पसल तर्फ साईलाग्ने क्रममा पछाडी बाट मोटरर्साकलले ठक्कद दिएको थियो । ठक्कर दिने बगाहा ४ का २१ बर्षिय याङ्जन राईलाई प्रहरीले गाडी सहित नियन्त्रणमा लिएको छ ।