
पूर्णपुष्टि, असोज ८
गाईघाट, मुर्कुची, लिम्चुङबुङ र हलेसी सडक खण्डलाई सरकारले उच्च प्राथामिकतामा राखेको छ । अर्थमन्त्रालयले सडकलाई बैकल्पिक सगरमाथा राजमार्गको लागि उच्च प्राथामिकता दिँदै योजना समावेश गरेको हो ।
प्रतिनिधिसभाबाट बजेट पारित भएको सँगै बजेटमा ( गाईघाट–मुर्कुची–लिम्चुङबुङ–हलेसी–सल्ले महादेवबेशी–सगरमाथा बैकल्पिक राजमार्ग ) लाई उच्च प्राथमिकता राखेर योजना समाबेश गरेको लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर कुमार राईले जनाए ।
अध्यक्ष राईले अर्थमन्त्रालयले बैकल्पीक सगरमाथा राजमार्गको योजनालाई उच्च प्राथामिकतका साथ समावेश गरेको र अब सडकले तिव्रता पाउने बताए ।
यस सडक योजनाको लागि अर्थमन्त्री जनार्दन शर्मा लगायत सिंगो सचिवालयले पहल गरेको अध्यक्ष राईले बताए ।
