
पूर्णपुष्टि,जेष्ठ ७ । गाईघाटमा त्रियुगा नगरपालिका वडा नं.११, बैंक लाईमा अवस्थित जीवन विकास लद्युवित्त वित्तिय संस्था लिमेडेमा बैठक सम्बन्धि पठाएको पत्र संस्थाले नबुझेको भन्दै प्रदेश नं.१ संघर्ष समितिले चर्को विरोध गर्दै गरेको छ । विगत ३० वर्ष देखिको राजयसत्ता संचालकहरुले सामाजिक र आर्थिक उन्नतीको बाटो लिनुको सट्टा उल्टै लद्युवितिय संस्थाहरुलाई संचालकको अनुमति दिएको भन्दै संघर्ष समितिले गत फागुन ५ गते बिभिन्न ५ बुदे मागपत्र पेश गरेको थियो । आफ्नो माग नहुन्जेल सम्म संस्थाहरुद्धारा संचालित समूह वैठकहरु बहिष्कार गरी वैठकहरु नगर्न र नगराउँन भने पत्र पत्रमा उल्लेख थियो । उक्त पत्र जीवन विकास लद्युवित्त संस्थाले बुझ्न नमानेको भन्दै त्यसको स्पष्टिकरणको माग गर्दे चर्को विरोध जनाएको छ ।
प्रदेश नं.१ संघर्ष समितिका जिल्ला अध्यक्ष विना मगरको नेतृत्वमा बुझाएको बत्रलाई उक्त संस्थाले वेवास्ता गरी संचालकले गाली गलोच जस्ता अपच शव्द्ध प्रयोग गरेको भन्दै संस्था अगिडि प्रदर्शनी गरेको छ । प्रदर्शनीमा उत्रीएका संघर्ष समितिले यस पत्र जिल्ला भरीका लघुवित्तहरुलाई बुझाई सकेको तर यस संस्थाले भने बुझन नमानेको भन्दै यस्को स्पष्टिकरणको माग गर्दे प्रदर्शणमा उत्रीएको हो । उक्त समितिले लद्यूवित्त विरुद्ध गाईघाटको बसर्पाक देखि विरोध प्रदर्शनी गर्दे र्ली निकालको थियो ।




