
पूर्णपुष्टि, मंसिर ११
लामो समयदेखी गाईघाट बजार भित्र रहेको ट्राफिक कार्यालय मदन भण्डारी राजमार्ग अन्तरर्गतको बरुवा बसपार्कमा सरेको छ ।गाईघाट बिद्युत लाईनमा रहेको सो कार्यालय शनिवार बरुवा वसपार्कमा अस्थाई रुपमा सरेको हो । १३ नं वडामा पर्ने सो जग्गामा वडाले तत्कालका लागि अनौपचारिक स्थायी वसोवासको लागि ट्राफिक कार्यालय व्यवस्थापन गरेको १३ नं वडा अध्यक्ष पशुपती चौधरीले बताईन् ।

अध्यक्ष चौधरीले सोही ठाउँमा भवनको लागि १३ नं वडा बाट १५ लाख बजेट सम्म बिनियोजन भईसकेको र अब तत्काल रुपमै भवनको सिल्यान्यास हुने समेत बताईन् ।नगर प्रहरीका लागि भनिएको सो ठाउँ त्रियुगा नगरपालिका १२ शान्तिधाम स्थित नगर प्रहरीको लागि व्यवस्थापन भएपछि ट्राफिक कार्यालय त्यहाँ लगिएको अध्यक्ष चौधरीले बताईन् ।नगर प्रहरी शान्तिधाम छेउ जाने भएपछि सो जग्गामा जिल्ला ट्राफिक कार्यालयले आफ्नो कार्यालय लैजाने मनोसाय गरेपछि वडाले सहजिकरण गरी तत्काललाई स्थायी रुपमा कार्यालय व्यवस्थापन गरेको हो । भवन निर्माका लागि निर्माण समिति समेत बनिसकेको अध्यक्ष चौधरीको भनाई छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका इन्चार्ज लिलाराज श्रेष्ठले मदन भण्डारी व्यस्त सडक र सवारी आवतजावतको मुख्य हाईवे भएकाले सो ठाउँमा ट्राफिक कार्यालय भवन उचित हुने बताए ।इन्चार्ज श्रेष्ठले सो सडकमा पछिल्लो समय निकै दुर्घटनाका घटनाहरुले समेत स्थान पाईरहेको हुँदा त्यसलाई न्युन गर्न समेत कार्यालयलाई सहज हुने बताए ।श्रेष्ठले भवन निर्माणका लागि बजेट समेत छुट्याएको र स्थाीयी रुपमा तत्कालको लागि कार्यालय व्यवस्थापन गराउने १३ नं वडालाई धन्यवाद समेत व्यक्त गरे । ट्राफिक कार्यालय हाल सम्म लामो समयदेखी व्यक्तिको घरमा भाडामै वसिरहेका थिए ।
