
उदयपुर, असार ९ । उदयपुरको त्रियुगा नगरपालिकाका प्रथम मेयर स्वर्गीय लालशेर राईको स्मृतिमा २३ औ मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ । जिल्ला फुटबल संघ उदयपुरको आयोजनामा स्थानीय थरुहट रंगशालामा सप्ताहव्यापी हुने खेल उद्घाटन भएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै त्रियुगा नगरपालिकाका वर्तमान प्रमुख बशन्त बस्नेतले संसारमै सबै भन्दा लोकप्रिय खेलको रुपमा फुटबल खेल परिचित रहेकाले नेपाली फुटबल टिमले दक्षिण एसिया खेलहरु खेल्ने अवसर पाएको बताए । खेलको माध्यमबाट संसारलाई चिनाउँने अवसर नेपाले पाएको छ । उनले भने ‘उदयपुर जिल्लाको हकमा खेलकुद क्षेत्रमा प्रयाप्त बजेट व्यवस्थापन गर्न देशमा रहेको आर्थिक संकटको कारणले धेरै कठिनाईहरु आई परको छ ।’

विगतको समयमा नगरले २९ देखी ३० लाख सम्म खेलकुदको लागि बजेट छुट्याएको बताउँदै प्रमुख बस्नेतले नगरका भरीका १६ वटै वडाहरुमा खेलकुदका लागि छुटाएको रकम एकिकृत गर्ने हो भने ६० देखि ६५ लाख सम्म बजेट बिनियोगन गरिएको बताए ।
उनले भने ‘जिल्लामा खेल प्रतियोगिता सञ्चालन गर्नका लागि थरुहट रंगशाला निमाणर् गरिएको छ, तर रंगशालाको संरचना अझै पुणर् रुपममा सम्पन्न भई नसकेको र यसलाई पुणर्ता दिलाउँनको लागि प्रदेश सरकार, केन्द्रिय सरकार साथै खेलकुद मन्त्रालय संग सम्वन्वय गरी आश्वासन पाएका छौँ’ । नगरले खेलकुद विकासको लागि बिभिन्न प्रयास गर्दा गर्दै पनि नगरपालिका पछि परेको भन्दै स्थानीय खेलुदको बिकास गर्ने र स्वास्थ युवाहरु उत्पादन गरे पछि त्यसले मात्र नगर समृद्ध हुने परिकल्पना गरेको प्रमुख बस्नेतले बताए ।

यता नगर उपप्रमुख महेश्वरी राईले खेलकुद क्षेत्रको बिकास संगै मर्यादित र अनुसासीत खेलाडिहरु उत्पादन गर्नु पर्ने बताईन् । खेलकुद क्षेत्रसंगै गुणस्तर क्षिक्षाको लागि अघि बढ्नु पर्ने र सबै व्यक्तिहरुलाई आर्थिक संग जोड्नु पर्ने उनको भनाई छ ।
असार १६ गते सम्मा सञ्चालन हुने प्रतियोगितामा नगरका १ देखि १६ वडाहरुलाई पत्राचार गरेता पनि हाल १४ टिमको सहभागीता रहेको जिल्ला फुटबल संघ उदयपुरका अध्यक्ष रञ्जन कार्कीले बताए । उनका अनुसार उदयपुर जिल्लाले खेलकुद क्षेत्रमा थुप्रै उपलव्धी हासिल गर्दै आएको बताउँदै खेलकुदलाई प्रोत्साहन गर्नको लागि विभिन्न प्रतियोगिताहरु सञ्चालन गर्दै आएको बताए । उद्घाटनको पहिलो खेलमा त्रियुगा नगरपालिका १२ले बिजयी सुरुवात गरेका छन् । साझँको करिव ४ बजे सुरु भएको उद्घाटन खेलमा वडा नं. १२ ले वडा नं.६ लाई १ को विरुद्ध २ गोल गर्दै बिजयी सुरुवात गरेको हो ।
खेलको सुरुवाती गोल वडा नं.१२ का तर्फबाट जर्सि नं.१० का खेलाडी रवी संखर चौधरीले पहिलो हाफको २८औं मिनेटमा आफ्नो टिमका लागि गोल गर्दै खाता खोल्न सफल भएका थिए । पहिलो दिनकै प्रतिस्पर्धात्मक खेलमा दुवै टिमका खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । पहिलो हाफको अन्तिम घडि सम्ममा पनि वडा नं.६ ले भने प्रतिद्धन्द्धिको रुमा रहेको १२को विरुद्ध जवाफी गोल फर्काउँन सकेन ।

प्रतियोगिताको दोस्रो हाफि सुरु भए लगतैको वडा १२को विपक्षी टिमको रुपमा रहेको वडा ६को खेलाडिले आफ्नै गोलपोसको डेरिया भित्रआएको गोलाई बचाउ गर्न प्रयास गर्दा खेलका खुख्य रेफ्रि महेन्द्र तामाङले ह्यान्ड बलको संकेत दिएका थिए । आफुले पाएको अवसरलाई चुक्न नदि पूर्न १ गोल गर्दै रवि संखर चौधरीले आफ्नो तर्फ २ गोल बनाएका थिए । खेलको अतिरिक्त समयमा चलिरहँदा वडा नं. ६को तर्फबाट जर्सी नं.२ को योगेश विष्टले १ गोल गर्दै १को विरुद्ध २ गोलले पराजित भएको हो ।

















