
पूर्णपुष्टि, असोज १३
थारु समुदायहरुको बिषेश चाँड जितिया उदयपुरको गाईघाट थारुहट रंगशालामा असोज १३ गते भव्य हुने भएको छ ।
जितिया महोत्सव मुल आयोजक कमिटि थारु कल्याणकारीणी सभा त्रियुगा नगरकमिटि उदयपुरको आयोजनामा बिभिन्न सांस्कृतिक कार्यक्रम सहित हुने भएको आयोजक कमिटिका अध्यक्ष देसुदास चौधरीले जानकारी दिए । आईतबार पत्रकार सम्मेलन गर्दै जिल्ला स्थरीय रुपमै थारुहट रंगशालामा जितिया महोत्सव भव्य हुने चौधरीले बताए ।
कार्यक्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय कलकारहरुले बेजोड प्रस्तुती दिने आयोजकले जनाएको छ । नेपालको चर्चित गायीका अनु चौधरी, गायक नरेश जोगी जोशी लगायतको कलकारहरु महोत्सवमा आउने आयोजकले जनाए ।
थारु पहिचान र संस्कार संकृतिको जगेर्णामा सरकारले उत्ति चासो नदिएको भन्दै त्यसको दवाव स्वरुप पनि यो महोत्सव गर्न लागिएको अध्यक्ष चौधरीले बताए । कार्यक्रममा बिषेश व्यक्तिहरुले भाषा, संस्कृति र पहिचानको बारेमा आफ्नो मन्तव्यहरु पनि राख्ने छन् । औपचारिक रुपमा हुने कार्यक्रममा बिषेश व्यक्तिहरुको भनाई सहित थारुको भाषामा सरकारले चासो नदिएको र नेपालको धेरै भुभागमा थारुहरु रहेपनि भाषाको संरक्षणमा सरकारी निकाय लागि नपरेको भन्दै यसलाई यसै महोत्सव बाट दवाव दिने पनि आयोजकले जनाए ।

