
पूर्णपुष्टि/गाईघाट, असोज २ ।
गाईघाट बजारको फोहोर भोली विहानबाट उठ्ने त्रियुगा नगरपालिका ११ का वडाध्यक्ष सुमन्त कोइरालाले बताएका छन् । हिजो विश्वकर्मा पुजा र आज पुरा सामग्री सेलाउन परेपछि भोली विहानबाट फोहोर उठाउने अध्यक्ष कोइरालले बताउनुभयो ।
भदौ २३ गतेको जेनजी प्रदर्शन र पालिका लगायत विभिन्न संरचनामा तोडफोड तथा आगजनी पछि बजार क्षेत्रको फोहर उठाएको थिए । ११ दिनदेखि थुप्रिएको फोहरले बजार क्षेत्रको जनजीवन अस्तब्यस्त बनाएको छ । जताततै सडक किनारमा थुपारिएका फोहोरले दुर्घन्ध फैलाएको छ । बजार नै कुरुप पारेको छ ।
बजार क्षेत्रका घर तथा होटल, पसलबाट निस्केका फोहर अगाडी सडक किनारमा थुपारिएका छन् । बर्षातले थप दुर्घन्धित पारेको छ । अन्य बेला नगरको फोहोर संकलन टोलीले हरेकविहान उठाउने गरेको थियो । नगरपालिकाले आजैबाट फोहोर उठाउने जनाए पनि आज उठेन । भोली विहानदेखि उठाउने बताइएको हो ।
तस्विरहरु : सुनिल राई/पूर्णपुष्टि

