
पूर्णपुष्टि, गाईघाट, ३ असोज ।
एमाले उदयपुरले जेन्जी आन्दोलनको क्रममा तोडफोड भएका पार्टी कार्यालय सरसफाई र व्यवस्थीत गरेको छ । बिहिबार असोज ३ गते संविधान दिवसको अवसर पारी ८ दिन पश्चात जिल्लाको नेता तथा कार्यकर्ताहरुले पार्टी कार्यालय सरसफाई गरेको हो । एमाले उदयपुरका अध्यक्ष भागवत राउत सहित नेता तथा कार्यकर्ताहरुले पार्टी कार्यालय सरसफाई गरेको छ । जसम युवा संघ नेपाला युवाहरुका पनि सहभागी रहेको छ । आन्दोलनका प्रदर्शनकारीले पार्टी कार्यालय पूर्ण रुपमा ध्वस्त पारेका थिए । कार्यालयको गेट फोडेर भित्रका सामाग्रीहरु तोडफोड पश्चात आगजानी गरेका थिए ।

