
पूर्णपुष्टि, जेठ २१ ।
गाईघाटमा एकजना स्थानीयको आरडिटि विधिबाट कोरोना परिक्षण गरिदा रिपोर्ट पोजेटिभ आएको छ । आज जिल्ला अस्पतालमा परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताउनुभयो ।
गाईघाटका स्थानीय उनी तीन महिनाअघि जापानबाट आएको बुझिएको छ । उनको आरडिटी पोजेटिभ देखिएपछि आइसोलेशनमा राखिएको छ । जिल्ला अस्पतालको आइसोलेशनमा राखिएको उनलाई पिसिआर स्वाव नमुनासमेत लिएर परिक्षण गरिने जनाइएको छ ।
उदयपुरको हकमा हालसम्मको आरडिटी परिक्षणमा पोजेटिभ रिपोर्ट आएको यो पहिलो हो । जिल्लामा ६ सय ९१ जनाको आरडिटी प्रविधिबाट कोरोना परिक्षण हुँदा पहिलोपटक आज पोजेटिभ देखिएको हो ।
आरडिटिमा पोजेटिभ देखिनुलाई नै कारोनाको अत्तिम परिक्षण वा कोरोना संक्रमणको पुष्टिको आधार मानिएको छैन । आरडिटिपछि पिसिआर चेकपछि मात्र त्यसको रिपोर्ट आधारमा संक्रमण भए नभएको पुष्टि हुने गरेको छ ।
यसअघि आरडिटिमा पोजेटिभ देखिएकालाई पिसिआरमा नेगेटिभ पनि देखिएको र आरडिटिमा नेगेटिभ देखिएकोलाई पनि पिसिआरमा पोजेटिभ देखिएको थियो । त्यसैले अरडिटिमा पोजेटिभ देखिएकाको अन्तिम परिक्षणको रुपमा पिसिआर गर्ने गरिएकोछ ।
