Thursday, June 18News That Matters

गाईघाटमा ट्रकको ठक्करबाट ज्यान गुमाएका तारिणी मगरको पोष्टमार्टम गरियो

पूर्णपुष्टि,चैत्र २७ । त्रियुगा नगरपालिका–११ स्थित मेनचोकमा ट्रकको ठक्करबाट ज्यान गुमाएका तारिणी मगरको पोष्टमार्टम गरिएको छ । गत आईतबार विहान नगरपालिकाको मुख्य चौक जजिकै भएको दुर्घट्नामा परि मगरको ज्यान गएको थियो ।

मृतकका आफन्तहरुले आज बिहान जिल्ला प्रहरी कार्यालय उदयपुरमा जाहेरी दिएका थिए । उक्त जाहेरी पछि पोष्टमाटम गराएको पारिवारीक श्रोतले जनाएको छ । मृत्तक मगरको आफन्तका अनुसार उनलाई प्रणामी संस्कार अनुसार दाहसस्कारको लागि ईटहरीमा अवस्थित मुक्तिनाथ धाम पठाएको त्रियुगा नगरपालिका वडा १४का वडाअध्यक्ष हेम मगरले बताए ।

उनका अनुसार मृकका परिवारलाई ईन्योरेन्स मार्फत ५ लाख दिने र सम्बन्धित यातायता व्यवसायी र यातायात संघले थप आर्थिक सहयोग साथै दोषीलाई कार्वाही गर्ने सहमतीमा मृतकको पोष्टमार्टम गर्ने सहमति भएको थियो ।