
पूर्णपुष्टि,चैत्र २६ । उदयपुरको गाईघाटमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकल चालकको मृत्यु भएको छ । आईतवार विहान त्रियुगा नगरपालिका ११, स्थित मुख्यचोकको पश्चिम दिसा पर्ने चौकमा प्रदेश नं.१–०५–००१ प.६१५९ नम्बरको मोटरसाईकललाई पश्चिम तर्फबाट आउँदै गरेको मे १ ख २१८४ नम्बरको ट्रकले ठक्कर दिदाँ मोटरसाइकल चालकको घट्ना स्थलमै मृत्यु भएको हो ।
मोटरसाइकललाई ठक्कर दिने ट्रकका चालकलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय उदयपुर पठाएको प्रहरीले जनाएको छ । यस घट्ना बारे थप समाचार आउँन बाकी छ ।





