
पूर्णपुष्टि, भदौ ६ । उदयपुरको सदरमुकाम गाईघाटमा विश्व बन्धुत्व दिवसको अवसरमा रक्त्तदान महाअभियान सुरु भएको छ । राजयोगिनी प्रकाशमणी दादीज्युको १८ औँ पुण्य तिथीको स्मृतीमा शुक्रबार ब्रह्राकुमारी राजयोग सेवा केन्द्र गाईघाटको सभाहलमा रक्तदान सुरु भएको हो ।
“तपाईको रगत, जीवनको वरदान यसले जीवन बचाउन सक्छ, आशा जगाउन सक्छ र अन्जानलाई पनि एकजुट बनाउन सक्छ” भन्ने नारा सहित महाअभियान सुरु भएको हो । मुटुसरी रगत पनि शरीरको अङ्ग थोपा थोपा रगतमा छ, जिन्दगीको रङ्ग भन्ने मुल नाराका साथ सुरु भएको रक्त्तदान अभियान दिउँसो ३ बजेसम्म संचालन हुनेछ ।

