
पूर्णपुष्टि, ६ भदौ ।
त्रियुगा नेशनल एकेडेमी गाईघाटका विद्यार्थीहरुले रक्तदान गरेको छ । “रक्तदान महाअभियान तपाईको रगत जिवनको वरदान ” भन्ने नाराका साथ ब्रह्राकुमारी राजयोग सेवा केन्द्र गाईघाटले आयोजना गरेको रक्तदान अभियानमा विद्यार्थीहरुले रगत प्रदान गरेको हो । शुक्रबार राधाकृष्ण मन्दीर मुनि रहेका सेवा केन्द्रकै भवनमा करिब १० भन्दा बढी विद्यार्थीहरुले रक्तदान कार्यक्रममा सहभागी जनाएको हो । स्वास्थ्य सँगै सम्बन्धित बिषयहरुमै अध्यानरत विद्यार्थीहरुले रगतको महत्वलाई ध्यानमा राखी रक्तदान गरेको थियो । त्रियुगा नेशनल एकेडेमीले बिषेशगरी स्वास्थ्य सँग सम्बन्धित प्राविधिक शिक्षा अध्यापन गराउँदै आएको छ । जस अन्तर्गत ३ बर्षे ल्याव टेक्निसियन, ३ बर्षे ए.एच.ए (कविराज), १८ महिने पशु चिकित्सा विज्ञान भेटेरीनरी र बाली बिज्ञान कृषि १८ महिने गरी ४ ओटा कोर्षहरु संञ्चालन गरिरहेको छ । विश्व बन्धुत्व दिवस तथा राजयोगिनी प्रकाशमणी दादीज्यूको १८ औँ पुण्य तिथिमा रक्तदान महाअभियानको पहिलो दिनमा विद्यार्थीहरुले रक्तादान गरेको हो ।

