Thursday, April 23News That Matters

डिएसपीमा सरुवा भएका चापागाईँ एसपी भएर फर्किए

पूर्णपुष्टि, ६ भदौ ।
उदयपुरमा नयाँ प्रहरी प्रमुख राजन चापागाई आएका छन् । उनि नयाँ प्रहरी प्रमुखका रुपमा उदयपुर आएका हुन् । चापागाईँ यस भन्दा अघि यसै जिल्लाका डिएसपीको रुपमा कार्यरत थिए । उनि एक बर्ष उदयपुर बसेर सरुवा भएका थिए । निवर्तमान प्रहरी प्रमुख हरिहरनाथ योगिको काठमाण्डौँ स्थित नक्सालमा सरुवा भए सँगै चापागाईँ उदयपुर प्रहरी प्रमुखको रुपमा भित्रिएका थिए । एसपी योगिकै डिएसपीको रुपमा जिल्लामा काम गरेका चापागाईँ एसपी बनेर जिल्ला भित्रिएका हुन । चापागार्इँले शुक्रबार मात्र पत्रकारहरु सँग दोस्रो पटक प्रहरी प्रमुखका रुपमा भेटघाट गरेका थिए । उनले पहिले पनि आफु जिल्लाको बारेमा जानकार रहेको भन्दै काम गर्न सहज हुने बताए । जनताको सुरक्षामा उदयपुर प्रमुखका नाताले हदैसम्म जिम्मेवारी बन्ने चपागाईको भनाई छ ।