
पूर्णपुष्टि, १८ जेष्ठ ।
गाईघाटमा शनिवार भव्य रोजगार मेलाको आयोजना गरिने भएको छ । त्रियुगा नगरपालिकाको आयोजना र त्रियुगा उद्योग बाणिज्य संघको सह आयोजनामा मेला आयोजना गरिने भएको हो । त्रियुगा उद्योग बाणिज्य संघका अध्यक्ष रमेश रसाईलीले उक्त मेलाले बेरोजगारी र रोजगारी दिने निकायलाई जोडाउने काम गर्ने जनाए । यी दुवै क्षेत्रलाई जोडाउने गरी पुलको रुपमा भुमिका खेल्ने र एक अर्काको आवश्यकता पुरा गर्ने मेलाको मुख्य उदेश्य रहेको जनाए ।

रसाईलीका अनुसार मेलामा बढिभन्दा बढी मानिसहरुलाई रोजगारी सँग जोडाउने जनाए । त्यसका निम्ती बेरोजगारहरुको संख्याको तथ्याङक संकलन गर्ने, अनुगमनमा आउने सहभागीहरुको तथ्याङक र रोजगार दिने निकायको पनि तथ्याँङक संकलन गर्ने जनाए । मेलामा बृत्ति मार्गनिर्देशन तथा सम्बन्धी परामर्श सेवा बारे जानकारी, सीपमूलक तालिम दिने संस्थााहरुको प्रदर्शनी र तालिमबारे जानकारी, रोजगार सम्बन्धी सूचना तथा रोजगारदाता संग प्रत्यक्ष भेटघाट जस्ता कार्यहरु गरिने जनाईएको छ ।
मेला त्रियुगा मावि गाईघाटमा संञ्चालन गरिने आयोजकले जनाएको छ । त्यसका लागि भव्य तयारी भैरहेको पनि आयोजनको भनाई छ । मेला गारउने बिषयमा बिहिबार त्रियुगा नगरपालिकाको हलमा पत्रकार सम्मेलन गरी जानकारी गाराईएको हो ।
