Sunday, June 14News That Matters

गाईघाटमा हुन गैरहेको रोजगार मेला बारे बाणिज्य संघमा बृहत छलफल

पूर्णपुष्टि, ४ जेष्ठ ।
त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले संञ्चालन गर्न लागेको रोजगार मेला संञ्चालन बारे बिहिबार बृहत छलफल भएको छ । गाईघाटमा रहेका बिभिन्न एनजिओ आईएनजिओ, गैरसरकारी संघ संस्था, उद्योगक माहासंघ, ब्यवसायी, क्युपेक नेपाल, होटल लगायत रोजगार सँग जोडिएका सम्बन्धित निकायहरुबीच त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटमा बृहत छलफल भएको हो । कार्यक्रममा मेलालाई कसरी भव्य र सब्य रुपमा सफल बनाउने भन्ने बारे छलफल गरिएको संघका अध्यक्ष रमेश रसाईलीले बताए ।

यसबारे उपस्थिति निकायहरुबाट सकरात्मक र उत्साह सुझावहरु प्रस्तुत भएको पनि रसाईलीले जनाए । माहासंघले यहि जेष्ठ २० गते त्रियुगा नमुना माविमा १ दिने रोजगार मेला लगाउने तयारी गरिरहेको छ । मेलाले बेरोजगारी खोज्ने र रोजगारी खोज्ने बिच समन्य र सम्बन्ध मिलाईदिन काम गर्ने अध्यक्ष रसाईलले जनाए । मेलाको मुख्य उदेश्य भनेकै, बेरोजगारी र रोजगार खोज्ने निकायलाई जोडाई पुलको भुमिका खेल्ने हो,” रसाईलीले भने ।