Friday, May 15News That Matters

गाईघाटमा १४ दिने बित्तिय साक्षरता तथा सुरक्षा आवास तालिम सम्पन्न

पूर्णपुष्टि, माघ १४
गाईघाटमा महिलाहरुलाई लक्षित गरी संञ्चालन गरिएको १४ दिने बित्तिय साक्षरता तथा सुरक्षा आवास तालिम शुक्रवार सम्पन्न भएको छ । तालिमको समापन गाईघाट स्थित जगत भवनमा रहेको नेपाल कपडा तथा सिलाई व्यवसायी संघको कार्यालयमा गरिएको हो ।

साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था उदयपुर शाखाद्धारा आयोजित १४ दिने तालिमले महिलाहरुलाई बित्तिय साक्षरता सम्बन्धि धेरै ज्ञान सिकाएको आयोजकले जनाएको छ । साहारा नेपाल उदयपुरका प्रमुख प्रदिप कुमार पुरीले कुनै पनि आर्थिक क्षेत्रमा विज्ञ र सफल हुन बित्तिय साक्षरताको सिप अति नै महत्वपूर्ण रहेको जनाएको । पुरीले यसै कुरालाई मध्यनजर गर्दै गाईघट स्थित त्रियुगा नगरपालिका भित्र रहेको महिलाहरुलाई सिकाईएको यस १४ दिने तालिमले ठुलो सहयोग गर्ने जनाए । मानिसहरु सँग जति नै धेरै पैसा भएपनि त्यस्लाई प्रयोग गर्ने वित्तिय साक्षर ज्ञान नभए उचित प्रतिफल लिन नसकिने पुरीले बताए ।

पुरीले कुनै पनि व्यक्ति समाज र राष्ट्रमै आर्थिक पहुँच बढाउने हो भने पहिले वित्तय साक्षर सम्बन्धि तालिमहरुको खाँचो रहेको भन्दै यस तालिमको आयोजना गरेको जनाए । उनले आर्थिक सुदृढ हुने वित्तिकै सुरक्षित आवासको पनि व्यवस्था गर्न सकिने भन्दै वित्तिय साक्षर तथा सुरक्षित आवास कार्यक्रमलाई जोडेर तालिमको आयोजना गरिएको जनाए । यस संस्थाले योजनामुखी महिलाहरुलाई बिना धितो ऋण समेत उपलब्ध गराने समेत जनाए । संस्थाले यस भन्दा पहिले उदयपुर जिल्लामा २ ओटा एम्वुलेन्स समेत प्रदान गरी सामाजिक सयहयोगलाई समेत अघि सारेको पुरीले समापन कार्यक्रममा बताए ।

यस्तै समापन कार्यक्रममा त्रियुगा नगरपालिका ११ नं वडाका अध्यक्ष विश्वराज भट्राईले बित्तिय साक्षर तालिम महिलाहरुको लागि लक्षीत गरी संञ्चालन गरिरहेको भएपनि यसको अवश्यकता पुरुषहरुलाई पनि अत्यावश्यक देखिएको जनाए । उनले पैसाको सुरक्षित लगानी र पैसाको प्रयोग बारे यस साक्षरता तालिमले सिकाउने भन्दै यो तालिम हरेक व्यक्तिहमा आवश्यक रहेको जनाए । भट्टराईले यस्तो तालिम त्रियुगा नगरपालिकाको प्रत्यक टोल विकासहरुमा समेत आवश्यक रहेकाले यसका लागि साहारा नेपाल सँगको सहकार्यमा कार्यक्रमहरु अगाडी बढाईने समेत जनाए ।

यसैगरी त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटका अध्यक्ष रमेश विश्वकर्माले आर्थिक क्षेत्रमा सफल हुन बित्तिय साक्षर तालिम अत्यावश्यक रहेको जनाए । रसाईलीले मान्छेहरु सबै पैसाकै लागि काम गरिरहेको हुन्छ र पैसा पनि कमाउँछ तर वित्तिय ज्ञान नहुँदा कमाउनु भन्दा बढी गुमाउने गरिरहेको पाईएको बताए । उनले पैसा कसैले धेरै कमाउने र कसैले थोरै अथवा बराबरी कमाए पनि त्यसलाई प्रयोग गर्ने तरिका भने फरक फरक हुने बताए ।

कुनै व्यापार होस या जागिर सँगै कमाको सहकर्मीले घर गाडी जोडि सक्दा पनि कोही भने ऋणमै डुविरहेको अवस्था पनि हुन्छ यस्तो अवस्था आउनुमा बित्तिय जानकारी अभाव रसाईलीको बुझाई छ । उनले सहकर्मी सँग बित्तिय ज्ञान भएकोले पैसाको सहि सदुपयोग र नाफामुखी लगानीका कारण उनले घर गाडी जोड्न सक्छ भने सँगै बराबरी कमाउने कुनै सहकर्मीले भने बित्तिय ज्ञानको अभावमा गुमाईरहेको जनाए । उनले यस समस्यालाई निराकण गर्न भने यस बित्तिय साक्षर तालिमले ठुलो भुमिका खेल्ने जनाए । रसाईलीले बित्तिय साक्षरता कार्यक्रमको सहकार्य संस्था नेपाल कपडा तथा सिलाई व्यवसायी संघलाई त्रियुगा उद्योग बाणिज्य संघमा समेत सहकार्य गराउने जनाए । उनले संघमा आएको कार्यक्रमहरु पनि उपलब्ध गराउने गराउने जनाए ।

यस्तै सिलाई व्यवसायी संघकी अध्यक्ष ज्ञानु प्रधानले महिलाहरुलाई सिप बाट अगाडी बढाने क्रममा आर्थिक समस्याले निकै पिरोलेको बताईन् । उनीले संघ खोलेर व्यवसायीहरुलाई अगाडी बढाउने निति तथा कार्यक्रमहरु गर्ने जमर्को गरिरहेको बेलामा कुनै आर्थिक पहलहरु नजुटेको बताईन् । प्रधानले संघकै समितिहरुको खर्चमा सामान्य कार्यक्रमहरु भैईरहेको अवस्थामा कुनै ठुलो लगानीमा भने राम्रो कार्यक्रमहरु लिएर व्यवसायीहरुलाई सिप मुलका बनाउन निकै समस्या परेको बताईन् । उनले स्थानीय सरकारलाई केहि स्रोतहरु व्यवस्था समेत गर्न अनुरोध गरिन् । साथै उद्योग बाणिज्य संघको प्रतिद्धतालाई सम्मान गर्दै व्यवहारमा समेत लागु गर्न अनुरोध गरिन् ।

यसैगरी सहभागीहरुले तालिम अतिनै उपयोगी रहेको जनाएको छ । तालिमका एक सहभागी पार्वती रायमाभीले सर्व प्रथम व्यक्ति, परिवार र समाजमा ब्यवाहारिक आर्थिक निति हुनु पर्ने यस तालिममले महसुस गराएको जनाईन् । उनले घर परिवारमा आर्थिक प्रयोग बारे व्यवहारिकता ज्ञानको पहिलो समस्या वित्तिय साक्षरताको कमि रहेको भन्ने ज्ञान तालिम बाट सिकेको बताईन् । यस साक्षरता तालिमबाट परिवारमा जतिनै पढेलेखेको भएपनि लगानी गर्ने ज्ञान नहुँदा प्रतिफल बढाउन नसकिने कुरा आफुले बुझेको बताईन् । साथै यस सिकाईले पैसाको प्रयोग तथा लगानी, आर्थिक जोखिमका लागि पूर्व तयारी र अति विपन्न गरिवी परिवारहरुलाई पनि बैँक तथा वित्तिय संस्थामा जोडेर प्रगतिको पाईला तर्फ लैजान सकिने जस्ता धेरै ज्ञान बृद्धि भएको सहभागीहरुले बताए ।