
पूर्णपुष्टि, असोज २४
नुवाकोटका दुप्चेश्वर गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यहि असोज २१ गते गरिएको स्वाब परीक्षणको नतिजामा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित ११ जनामा संक्रमण पुष्टि भएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
आफुहरुमा कोरोना संक्रमण पोजेटिभ देखाएपछि सम्पर्कमा रहेका व्यक्तिहरुलाई सुरक्षित भएर क्वारेन्टिनमा बस्न अध्यक्षले आग्रह गर्दै स्वाब जाँचको प्रबन्ध मिलाउने जनाएको छ ।
कोरोना संक्रमण पुष्टि हुनेमा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, अध्यक्षका सवारी चालक, गाउँपालिकाको कार्यालय सहयोगी, दुई जना एम्बुलेन्स चालक र पाँच जना शिक्षक रहेका छन् ।
गत बुधबार १८ जनाको स्वाब संकलन गरेर पठाएको नमूनामध्ये ११ जनामा रोगको संक्रमण देखिएको स्वास्थ्य शाखाले जनाएको छ । संक्रमणपश्चात गाउँपालिकाले प्रवाह गर्ने सबै सेवाहरु अनिश्चित समयको लागि रोकिएको छ भने गाउँपालिकाको कार्यालय रहेको स्थान समुन्द्रटार बजार ‘सिल’ गरिएको छ ।

