
पूर्णपुष्टि, कार्तिक ६ सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाकी उपाध्यक्ष मिरा लामा अधिकारीको निधन भएको छ । इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङका अनुसार उपचारका क्रममा शनिबार बिहान ७ बजे काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उनको निधन भएको हो । ५१ वर्षीया अधिकारीका ३ छोरी छन् । कांग्रेस जिल्ला सभापति विकास लामाकी श्रीमतीसमेत रहेकी अधिकारी लामो समयदेखि क्यान्सरसँग जुधिरहेकी थिइन् ।
