
पूर्णपुष्टि,माघ २७ । नेपाली संगितक दुनियाँमा सफल गितहरु दिदै आएका गायक युगल गुरुङ र गायिका बर्तिका एम राईबीच शुक्रबार परम्पराअनुसार विवाह भएको छ । ललितपुरको मानभवनस्थित क्रिस्टल ब्यांक्वेटमा आफन्त र साथीभाइको उपस्थितीमा यो सांगीतिक जोडीले विवाह गरेको हो ।
युगल र बर्तिका दुवै अहिलेका चर्चित गायक गायिका हुन् । गायक युगलले यो पर्खाइ,आफ्नो संसार,कोठा,सहारा,लुकामारी,कहाँ छौ,कुरा लगायत गीत गाएका छन्। गायिका बर्तिकाले तिमी र म, नजिक,उमेर,बाँकी,खुसी,घर,सम्झना,खैु लगायत गीत गाएकी छन्।
गत असोज २४ गते दुईले इन्गेजमेन्ट गरेका थिए । प्रेम सम्बन्धलाई दाम्पत्य जीवनमा परिणत गरेका यी दुईजना केही वर्षदेखि प्रेम सम्बन्धमा थिए । वर्तिका र युगल पछिल्लो पुस्तामाझ चर्चित कलाकार हुन् । अमेरिकाको न्यूयोर्क सहरमा उनीहरुले एकसाथ सो९फार नामक सांगीतिक प्रस्तुति पनि दिएका थिए ।
