Tuesday, June 2News That Matters

गैँडा मारेको २३ बर्ष पछि न्यौपाने माहिला पक्राउ

पूर्णपुष्टि, माघ २६
एक सिंगे गैँडा मारेको आरोपमा २३ बर्ष पछि कृष्णप्रसाद न्यौपाने पक्राउ परेको छ । चितवन राष्ट्रिय निकुञ्जमा एक सिंगे गैंडा मारेर फरार भएका न्यौपाने करिब २३ बर्षपछि पक्राउ परेको हो ।

२०५५ सालको कात्तिक २८ गते निकुञ्जको अमृते पोष्टबाट करिब डेढ किलोमिटर पूर्वतर्फ खाडलमा गैंडा पारी मारेर खाग चोरी गरेको अभियोगमा निकुञ्जले १२ जनाविरूद्ध मुद्दा चलाएको थियो। उनीहरूमध्ये फरार रहेका चितवनको कालिका नगरपालिका(२ का ‘न्यौपाने माइला’ भनिने कृष्णप्रसाद न्यौपानेलाई २३ वर्षपछि नियन्त्रणमा लिइएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद पौडेलले बताए।

निकुञ्जले न्यौपानेलाई गैंडा मारेको अभियोगमा २०५७ सालको माघ २५ गते १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको आदेश गरेको थियो। पौडेलले वर्षौंदेखि विभिन्न ठाउँमा लुकीछिपी बसेका न्यौपानेलाई माघ ७ गते साँझ पक्राउ गरिएको बताए। न्यौपानेलाई काठमाडौंको तारकेश्वर नगरपालिका(७ फुटुङ्गबाट नियन्त्रणमा लिइएको पौडेलले बताए।