
पूर्णपुष्टि, चैत २१ गते ।
ग्याँसको सिलिण्डर पड्किएर घर जल्दा सिन्धुपाल्चोकमा तीन जना बालबालिकाको ज्यान गएको छ । खाना पकाउने क्रममा जिल्लाको बाह्रबिसे नगरपालिका–८ मानेश्वाराका मिनबहादुर तामाङको घरमा आइतबार बेलुका ७ बजे ग्याँस सिलिण्डर पड्किएर घरमा आगलागी हुँदा तीन जना बालबालिकाको ज्यान गएको हो ।
आगलागीबाट तामाङ १० वर्षीय छोरा इशाक, कुमार तामाङका ६ वर्षीय छोरा सरगम र छिमेकी पदम तामाङका साढे २ वर्षीया छोरी दिव्याको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएकको छ । आगोमा जलेर उनीहरूको घरभित्रै मृत्यु भएको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।
आगलागीमा मीनबहादुर पनि घाइते भएका छन् । उनको उपचार जारी छ ।
