Saturday, June 20News That Matters

घर जग्गा बिहिन खोटाङका खम्बसिंङ तामाङलाई दाजुभाई समूहको सहयोग

पूर्णपुष्टि, असार १०

अरुकै जग्गामा सरन परेर जिविको पार्जन गर्दै आएका कम्जोर परिवारका खोटाङका खम्वसिङ तामाङलाई दाजुभाई समूह दोहा कतारले खाद्यन्न लगायतका सामाग्री सहयोग गरेका छन् । खोटागंको जन्तेढुङ्गा ५ साविक २ निवासी ६५ बर्षिय तामाङको कमजोर अवस्थालाई बुझेर दाजुभाई समूहले खाद्मन्न तथा लत्ता कपडा सोही ठाउँमा पुगी बितरण गरेको हो  ।

उनि उरुकै जग्गामा बसेर मजबुरी गर्दै आईरहेको र अत्यन्तै कम्जोरी अवस्थाको रहेको भन्दै समूहले स्थलगतै नै पुगी सामाग्री सहयोग गरेको दाजुभाई कतार समुहका नेपाल प्रतिनिधी सरोज श्रेष्ठ बताए ।श्रेष्ठका अनुसार तामाङलाई २० हजार बराबरको सामाग्री प्रदान गरिएको छ । राहातमा ५० केजिको चामल ९२ बोरा० ,दाल १०के.जि, प्याज ५ के.जि ,चिनि ५ के.जि, मसला १ के.जि , सोयाविन १ के.जि र सिरक ,डस्ना ,तन्दा ,तकिया ,प्याटिक गुन्द्रि , झुल ,टि–सर्ट त्रिपाल २ पिस तामाङलाई हस्तान्त्रण गरेको हो । तामाङको अवस्थालाई देखेर गाउँलेहरुले मिलेर एउँटा सानो घर बनाई दिने पनि निर्णय भएको कुरा प्रतिनिधी श्रेष्ठ बताए ।

केहि दिन अघि तामाङको गरिबी सामाजिक संन्जालमा फेला परेको थियो । तामाङको कमजोर अवस्थाको बारेमा थाहाँँ पाए लगतै दाजुभाई समुहले तत्काल समाग्री सहयोग गरेको हो ।