Tuesday, June 30News That Matters

घर भत्किँदा १ जनाको मृत्यु

पूर्णपुष्टि, असार ५ गते ।

सर्लाहीको चन्द्रनगरमा घर भत्किदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् । चन्द्रनगर गाउँपालिका – ७ बस्ने कैलाश साहको नयाँ बनाउँदै गरेको घरमा खपडाको छाना छाउने क्रममा अचानक घर भत्किँदा स्थनीय ६५ वर्षीया देवकली साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भिर घाईते भएका देवकलीको मलगंवा स्थित श्रीराम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घर भत्किँदा घरधनी कैलाश साहका बुवा ७० वर्षीय रामवरण साह, स्थानीय रोशन कापडकी ५ वर्षीया छोरी गुन्जना कुमारी र ३ वर्षीया छोरी जानुका घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घर भत्किँदा रु १ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।