
पूर्णपुष्टि, साउन २७ गते ।
घाँटी थिचेर श्रीमतीको हत्या गरेको आरोपमा पर्साका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको वीरगञ्ज महानगरपालिका–२३ ईटियाहीका दिनेशप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको हो । उनले २३ वर्षकी श्रीमती प्रतिमाकुमारी यादवको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता प्रल्हाद कार्कीले बताए ।
उनले घाँटी थिचेर श्रीमतीको हत्या गरेको भन्दै बिहान ४ बजे वडा प्रहरी कार्यालय श्रीपुरमा सूचना आएको र त्यसपछि श्रीपुर तथा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई पक्रेको प्रहरीले जनाएको छ ।
मृतकको शव जाँच प्रकृति मुचुल्का गरी पोस्टमार्टमको लागि नारायणी अस्पताल वीरगञ्जमा पठाइएको छ ।
