
पूर्णपुष्टि, असार १ । सिन्धुलीमा एक बालकको घाँटीमा लिचीको दान अड्किएर मृत्यु भएको छ । कमलामाई नगरपालिका–६ धुराबजारका तीन वर्षीय क्रियान तामाङको लिची खाने क्रममा घाँटीमा दाना अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए ।
गए राति लिची खाँदा बालकको घाँटीमा दाना अड्किएपछि उपचारको लागी सिन्धुली अस्पताल लगिएकोमा उनको मृत्यु भएको हो । प्रहरी उपरीक्षक चिरञ्जीवी दाहालले अस्पतालबाट बालकको लिचीको दाना अड्किएर मृत्यु भएको खबर प्राप्त भएको बताए ।
