Tuesday, June 9News That Matters

चर्चित कलाकार शम्भु थापाको कोरोना संक्रमण बाट निधन

पूर्णपुष्टि, भदौ ४

नेपालको ख्याती प्राप्त हाँस्य कलकार सम्भु थापाको निधन भएको छ । हल्का रमाईलोमा लगायत बिभिन्न टेलिसिरियलमा अभिनय गर्दै आएका थापाको कोरोना संक्रमण बाट निधन भएको हो । थापाले केहि चलचित्रमा समेत अभिनय गरेका थिए ।

५५ बर्षिय थापाको पाटन अस्पतालमा शनिबार बिहान निधन भएको हो । थापालाई तीन साता अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो ।

थापा ३ दशक लामो समय देखि कलकारीता क्षेत्रमै सक्रिय भई स्थापित कलकारको पहिचान बनाएको कलाकारको रुपमा चिनिन्छन् । थापाले थुप्रै टेलिसिरियल तथा केही चलचित्रमा अभिनय गरेका छन् । मह संचारको ‘आमा’, ‘मदनबहादुर हरिबहादुर’लगायतका टेलिसिरियलमा अभिनय गरेका थापाले राजेश हमाल, गौरी मल्ललगायतको अभिनय रहेको ‘आफ्नो बिरानो’ चलचित्र निर्माणसमेत गरेका थिए ।

पछिल्लो समय प्रशारण हुँदै आएका धेरै टेलिसिरियलमा उनले अभिनय गर्दै आएका थिए । ‘मेरी बास्सै’, ‘भद्रगोल’, ‘गोलमाल’ ‘हल्का रमाइलो’लगायतका टेलिसियिरयलमा उनी अभिनय गर्दै आएका थिए । ‘हल्का रमाइलो’मा काम गरेपछि उनी दर्शकमाझ ‘बखते’ चरित्रले चर्चित थिए । थापाको निधनप्रति थुप्रै कलाकारहरुले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिइरहेका छन् ।