Wednesday, May 27News That Matters

चाम्लीङ राई खाम्बातिमको दोस्रो जिल्ला सम्मेलनको भव्य तयारी

उदयपुर/चैत्र , ४

किरात राई चाम्लीङ खाम्बातिम जिल्ला कार्यसमिति उदयपुरको यही चैत्र ८ गते जिल्ला सम्मेलन हुने भएको छ । मंगलबार सम्मेलन तयारीको बैठक गर्दै सम्मेलनको भव्य तयारी भईरहेको चाम्लीङ राई खाम्बातिम जिल्ला कार्यसमिति उदयपरको अध्यक्ष निर बहादुर राइले बताउनुभयो । किरात चाम्लिङ खाम्बातिम भनेको किरात राईहरुको पनि चाम्लिङ राईहरुको मात्रै भाषिक सांगठनकि संस्था रहेको छ ।

चाम्लीङ  राईहरु मध्ये बिभिन्न पाछा रहेपनि भाषा भने चाम्लिङहरुको एउटै हो । यसै भाषिक संस्थागत विकासका लागि जिल्लामा पनि २०६८ साल देखी संस्था स्थापना गरी चाम्लीङ राईहरुको भाषिक विकासमा लागि परेको छ ।

उदयपुरमा ८ ओटा प्राराम्भीक कार्यसमितिहरु समेत निर्माण भई संस्थागत गतिविधिहरु बढिरहेको छ । आयोजकले सम्मेलन लाई भव्य र सभ्य बनाउन सम्बन्धित सम्पुर्ण किरात चाम्लिङ खाम्बातिमहरुलाई सहभागी हुन अनुरोध समेत गरेको छ । कार्यक्रम चैत्र ८ गते ड्रिमल्याण्ड होटलमा १० बजे देखि सुरु हुने पनि आयोजकले जनाएको छ ।