Thursday, May 7News That Matters

चार पार्टी द्धारा एमसीसी ख्यारेज र सिमाबाट भारतीय सेना हटाउन माग

पूणर्पुष्टि, असार, ९

नेपालमा पारित गर्न लागिरहेको एमसीसी सम्झौता तत्काल ख्यारेज गर्र्न र नेपालको भुमिमा राखिएको भारतीय सेना तत्काल हटाउन माग गर्दे ४ ओटा पार्टीले गाईघाटमा मंगलबार बिरोध गरेको छ ।

नेकपा क्रान्तिकारी माओवादी, देशभक्त जनगणत्रान्तिक मोर्चा, नेपाल कमुनिष्ट पार्टी नेपाल र माओवादी मजदुर पार्टीले पिपलचोकमा एक कार्यक्रम गरी एमसीसी सम्झौता ख्यारेज गर्न र नेपाली भुमि कालापानी, लिम्पियाधुरा र लिपुलेकमा राखिएको भारतीय सेनालाई हटाउन माग गर्दै विरोध गरेको हो ।

एमसीसी नेपालको लागि मान्य नहुने भन्दै त्यसको ख्यारेज गर्नु पर्ने माग पार्टीहरुले राखेका छन् । कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य मोहन सिंह तामाङ, नेकपा मालेका जिल्ला उप सचिव राम प्रसाद चौलागाई, माओवादी मजदुर पार्टीका केन्द्रिय महासचिव हिमाल सिंह राईले आफ्नो भनाइ राख्दै पटकपटको भारतीय अतिक्रमण र एमसीसी सम्झौतालाई ख्यारेज गर्नु पर्ने माग राखेका छन् ।