
उदयपुर, साउन १२ ।
विरगञ्जको नारायणी अस्पतालमा चिकित्सकमाथिको आक्रमण र बार्ताको क्रममा प्रहरीबाट भएको थप ज्यादतीको विरोध भन्दै उदयपुर अस्पतालको ओपिडी सेवा ठप्प पारिएको छ । नेपाल चिकित्सक संघले आव्हान गरे बमोजिम इमर्जेन्सीबाहेकका सेवा चिकित्सकहरुले ठप्प पार्दा विरामीको उपचारमा प्रभाव परेको छ ।
चिकित्सकहरुकाे आन्दोलनका कारण उपचार सेवामा प्रभाव परेकाे त्रियुगा नगरपालिका १०, बोक्सेकी चण्डिका पौडेलले बताइन् । विरामीहरुका लागि सेवा सुविधामा पनि सम्बेदनशिल नदेखिएकाे उनकाे भनाइ छ । सिकिस्त विरामीका लागि रहेकाे साैचालयमा पनि ताला लगाएकाे गुनासाे उनकाे छ ।

दैनिक चारदेखि पाँचसय जनासम्म विरामीले ओपिडी सेवाबाट उपचार सेवा पााउदै आएका थिए । आज आउने विरामीहरु उपचार सेवाबाट बन्चित बनेका छन् । ओपिडी बन्द भएपछि विरामीको चाप इमर्जेन्सी शाखामा परेको छ ।
आन्दोलनको बाहानामा उपचारमा नखटिएका चिकित्सकहरु हाम्रो रिपोर्टिङको क्रममा अस्पताल बसेको पाइउन । उनीहरु विहानै हाजिरी गरेर विभिन्न वाहानामा बाहिरिएको पाइएको छ । कोही निजी अस्पताल, मेडिकलतर्फ गएको र कतिपय घरायसीतर्फ लागेका पाइएको छ ।
चिकित्सक त आन्दोलनको बाहानामा बाहिरिएका पाइयो भने अस्पतालका कर्मचारीहरुसमेत छिटफुट बाहेक बसेको पाइएन । विहानै हाजिर मात्र गरेर कर्मचारीहरु पनि कुर्सी र टेवुल खाली राखेर बाहिरिएको पाइएको छ ।
आन्दोलनको बाहानामा यहाँका चिकित्सक र कर्मचारहरु हाजिरमात्र गरेर जागिर पकाउने दाउ मात्र गरिएको छ । यसरी चिकित्सक र कर्मचारीहरुले हाजिर मात्र गरेर अस्पतालमा नबसेर अस्पताल र विरामीप्रति लापरवाही गरेका छन् । आन्दोलनका कारण चिकित्सकबाट ओपिडी सेवा नपाएका सर्बसाधारणले कर्मचारी नभेट्दा अन्य सेवामा पनि समस्या भोगेका छन् ।
अस्पतालका गुनासाे सुन्ने अधिकारी लेखराज कटुवालले चिकित्सक र कर्मचारी अस्पताल बसेकाे हुनुपर्ने बताए । केही अस्पतालमै रहेकाे र केही नरहेकाे स्विकार गर्दै काे, किन बाहिर गएका हुन् भन्ने कुरा खाेजिनीती हुने बताए ।
