
पूर्णपुष्टि, असार ४ गते ।
चितवनमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । खैरहनी नगरपालिकाका २२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।
भरतपुरको कोरोना प्रयोगशाला गरिएको परिक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । अहिलेसम्म चितवनमा ३७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये ५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
