
पूर्णपुष्टि,वैशाख १० । चितवनको भरतपुर महानगपालिका ११ भोजाडस्थित नयाँकिरण मावि मतदान स्थलमा राष्ट्रिय स्तन्तत्र पार्तीका सभापति एवम चितन क्षेत्र नम्बर २ का उपनिर्वाचन उम्मेदवार रवि लामिछानेको समर्थक र प्रहरी बिच केहीबेर तनाव ग्रस्त भएको छ । उम्मेदवार लामिछाने मतदान स्थलमा आउँन वित्तीकै उनका समर्थहरुले नाराबाजी गरेपछि तनाव सिर्जना भएको हो ।
त्यस क्षेत्रमा नाराबाजी पछि तनाव सिर्जना भएको लगत्तै भागाभाग मच्यो । तनाब थप नबढोस् भनेर मतदान स्थल बाहिर नेपाली सेनाको टोली खटिएको थियो । रविले पत्रकारहरुलाई प्रतिक्रिया दिने क्रममा उनी विभिन्न मतदानस्थलमा पुगिरहेका र अघिल्लो पटकको भन्दा राम्रो नतिजा आउनेमा आशावादी रहेको बताएका छन् ।
