
पूर्णपुष्टि, जेष्ठ २०
ब्राजिलको एक शहरमा गरिएको चिनिया खोपको परिक्षणले त्याहाँको नागरिकमा कोरोनाबाट बच्ने आशा जगाएको छ । करिब ४५ हजार जनसंख्या रहेको सो सहरमा अहिले संक्रमित संख्या घट्नुका साथै मृतको संख्यामा पनि ९५ प्रतिश कमि आएको इन्स्टिच्युटका शोध निर्देशक रिकार्डो पालासियसले बताए ।
हाल त्यहाँ अस्पतालमा भर्ना हुनेको दरमा ८६ प्रतिशत कमी आउनुका साथै लक्षण देखिने संक्रमितको संख्यामा ८० प्रतिशतको कमी आएको अनुसन्धा तथा सोधकर्ता टोलीको भनाई छ । यसको प्रमुख कारण त्यहाँ चलाइएको खोप अभियान हो ।
वैज्ञानिकहरुका अनुसार यो सहरको करिब सबै वयस्क मानिसले चिनियाँ कम्पनी सिनोभ्याकले बनाएको खोप लगाएका छन् । यो खोप विकास गर्ने क्रममा पनि ब्राजिलमै परीक्षण गरिएको थियो । शोधकर्ताको दाबीअनुसार यो सहरमा खोप नपाएका मानिसहरु पनि अहिले सुरक्षित देखिएका छन्, किनकी यो सहरमा कोरोना संक्रमणमा उल्लेख्य कमी आइसकेको छ ।
चिनियाँ कोरोना सिनोभ्यासकको प्रयोग अहिले धेरै विकासशील मुलुकले गरिरहेका छन् । तर सेरान सहरको नतिजाको कारण चिनियाँ कोरोना खोपप्रति विश्वास पनि बढाउन सक्छ ।
यसअघि यो खोपबारे विवाद पनि देखिएको थियो । ब्राजिल, इन्डोनेसिया र टर्कीमा गरिएको क्लिनिकल परीक्षणमा यो खोप ५० देखि ९० प्रतिशतको बीचमा प्रभावकारी देखिएको थियो । ब्राजिलले भने यो खोप ५०.४ प्रतिशत मात्र प्रभावकारी रहेको बताएको थियो ।
