Saturday, June 27News That Matters

चोरी भएको मोटरसाईकल सहित चोरी गर्ने २ जना पक्राउ

पूर्णपुष्टि,पुष १६

झापामा चोरीको मोटरसाईकल सहित चोरी गर्ने २ जना पक्राउ परेका छन् । गौराहद नगरपालिका–२ का २४ बर्षीय मोहन प्रसाद ताजपुरिया र २९ बर्षीय दिपक न्यौपानेलाई मोटरसाईकल सहित प्रहरीले पक्राउ गरेको हो ।

गत मंगलवार राती साँढे १२ बजे दमक नगरपालिका–७ मा रहेको एडभान्स अस्पताल परिसरबाट प्रदेश १–०२–०४३ प  ६८७७ नम्बरको पल्सर मोटरसाईकल हराएको भनी जानकारी पाए लगत्तै खोजतलासमा प्रहरी टोलीले खटेको थियो ।  प्रहरी टोलीले सोही दिन बेलुका ७ बजे गौरादह नगरपालिका–७ को एक घरबाट चोरी भएको मोटरसईकल फेला पारेको थियो ।

प्रहरीले मोटरसाईकल फेला परेसंगै चोरीमा संग्लग्नहरुको खोजतलास गर्ने क्रममा चोरीमा संग्लग्न रहेका दुवैलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।