
पूर्णपुष्टि, माघ २७
बिभिन्न चोरीका सामान सहित गाईघाटका एक युवा पक्राउ परेको छ । त्रियुगा नगरपालिका ११ बस्ने २६ बर्षिय बालकुमार बुढाथोकीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले महत्वपूर्ण सामानहरु सहित पक्राउ गरेको हो । बुढाथोकीलाई १ थान ल्याप्टप, १ थान Oppo7 मोवाईल, चाँदीको कली ४ थान, चाँदीको पाउजु २ थान, चाँदीको सिक्री ३ थान, चाँदीको ब्रास्लेट २ थान, चाँदीको औठी ३ थान, सुन कलरको बाला १ थान, सुन कलरको औँठी ३ थान चोरी गरेर लगेको अवस्थामा जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको प्रहरी प्रमुख एसपी भिम बहादुर दाहालले बताउनुभयो ।
बुढाथोकीले त्रियुगा नगरपालिका १२ का राजकुमार श्रेष्ठको घरबाट ल्याप्टप, मोवाईल र बाँकी चाँदी र सुन जस्तो देखिने धाँतुहरु भने रुपा खड्काको घरबाट चोरी गरेको खुल्न आएको एसपी दाहालले बताउनुभयो । उनलाई सामान सहित नियन्त्रणमा लिएर अनुसन्धानको अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
