Wednesday, April 22News That Matters

चोरीको मोटरसाइकल सहित युवक पक्राउ

पूर्णपुष्टि, साउन ७ । झापामा चोरीको मोटरसाईकल सहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका(४ का २६ वर्षीय अमिर दनुवार रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक तथा प्रहरी प्रवक्ता भीम बहादुर दाहालका अनुसार असार ४ गते अर्जुनधारा–४ भाङबारी स्थितमा पार्किङ गरी राखेको मे.७ प ८३०९ नम्बरको मोटरसाइकल चोरी भएको थियो । मोटरसाईकल चोरी भएको सूचना प्राप्त भएपछि प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा दनुवारको घरबाट उक्त मोटरसाइकल फेला पारेको प्रवक्त्ता दाहालले बताए। दनुवारको घरबाट मोटरसाईकल बरामद भएसँगै उनलाई समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दनुवारको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।