
बेल्टार
पूर्णपुष्टि,माघ ११ । उदयपुरको चौदण्डीगढी नगरपालिका–१०, देवधारमा सुमो र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार २ घाइते भएको छ । बुधवार दिउँसो मदन भण्डारी लोकमार्ग सडक खण्ड अन्तर्गत गाईघाटबाट बेल्टार तर्फ जाँदै गरेको बा ९ च ३८४६ नम्बरको सुमो र बेल्टारबाट गाईघाट तर्फ आउँदै गरेको प्रदेश नं। १९ ०२९०४५ प ७८४७ नं। को मोटारसाइकल चौदण्डीगढीको देवधारमा ठोक्किँदा दुई जना घाइते भएको हो ।
मोटरसाइकल चालक सुन्सरी जिल्ला इटहरी उपमहानगरपालिका–१३ खनारका २१ बर्षिया सरोज कुमार चौधरी र मोटरसाइकलमा सवार सोही ठाउँका ३० बर्षिय सुमन खत्री घाइते भएका थिए।

दुर्घटनामा परेका घाइते भएकाहरुलाई नगरपालिका जाने क्रममा नगर प्रमुख कालुमान लामाले तत्काल उद्धार गरी आफ्नै सवारी साधनबाट नगर अस्पातल पुर्याएको नगर प्रमुखको सचिवालयले जनाएको छ । घाईते मध्य सरोज कुमार चौधरीको दाहिने खुट्टा भाँचीएको, शरिरको विभिन्न भागमा चोट लागेको र अर्का घाइते सुमन खत्रीको भने दाहिने खुट्टा भाँचिएको, टाउँकोमा गहिरो चोट लागेको र उनि अहिले बोल्न नसक्ने अवस्थामा रहेको प्रहरी जनाएको छ ।
घाइतेहरुको चौदण्डीगढीं नगर अस्पताल बेल्टारमा सामान्य उपचार पश्चात थप उपचारको लागी न्यूरो अस्पताल बिराटनगर रेफर गरिएको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । दुर्घटना गराउने सुमो चालक त्रियुगा नगरपालिका १३ पोर्ताहाका ईन्द्र बहादुर चौधरी, सुमो र मोटारसाइकल ईप्रका बेल्टारको नियन्त्रणमा रहेको जिल्ला प्रहारी कार्यालय उदयपुरले जनाएको छ।
