Thursday, June 18News That Matters

चौदण्डीगढी नगर अस्पताललाई स्वास्थ्य सामाग्री वितरण

पूर्णपुष्टि, साउन २०

सेव द चिल्ड्रेन गाईघाट र संघीय संसद तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाद्वारा मंगलबार उदयपुरको चौदण्डीगढी नगर अस्पताल बेल्टारलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । विश्व स्तनपान सप्ताहको अवसरमा सेव द चिल्ड्रेन गाईघाटले ४ थान बेट र थापाद्वारा १ थान अक्सिजन कन्सन्स्ट्रेटर नगर अस्पताललाई हस्तान्तरण गरिएको हो ।

नगर अस्पतालको प्रारम्भिक चरणमा विभिन्न संघ÷संस्थाहरुले केही स्वास्थ्य सामाग्रीहरु अस्पताललाई उपलब्ध हुँदै आएको नगर प्रमुख खगेन्द्र राईले बताउनुभयो । उप प्रमुख रिताकुमारी चौधरीका अनुसार संघ संस्थाले उपलब्ध गराएको सामाग्रीले अस्पताल सञ्चालनमा टेवा पुग्ने बताउनुभयो । अझ अन्य थुप्रै स्वास्थ्य सामाग्रीहरुको आवश्यक्ता रहेको अस्पताल सञ्चालक समितिका अध्यक्ष तथा ७ नं. का वडाध्यक्ष तेजराज तिम्सिनाले बताउनुभयो । नगर अस्पतालको अवधारणामा आइसकेपछि नागरिकले पाउने सुविधाहरु थपिएको वडाध्यक्ष तिम्सिनाको भनाइ छ ।

अहिले अस्पतालको लागि आवश्यक १५ कट्ठा जग्गा अस्पतालकै स्वामित्वमा ल्याउने पहल भइरहेको नगर प्रमुख राईले बताउनुभयो ।