
पूर्णपुष्टि, वैशाख १० । चौदण्डीगढी नगरपालिकाको बेथिति बिरुद्ध बिभिन्न५ दलले जिल्ला प्रशासन कार्यालय उदयपुरमा ज्ञापन पत्र बुझाएको छ । उनिहरुले नगर प्रमुख कालुमान लामा र उस माताहतका कर्मचारीहरुले जनताको राजश्वमाथी मनपरी गरेको जनाएको छ ।
उनिहरुले नदीजन्य उत्खनन प्रक्रिया नपुराई ठेक्का लगाएर आर्थिक चलखेल, नदीजन्य पदार्थ उत्खननगरी जिल्ला वाहीर निकासी र राजनितिको प्रतिशोतमा पालिका क्षेत्रभित्र रहेका शिक्षकहरुलाई मनपरी सरुवा गरेको लगायत बुद्धामा ज्ञापन पत्र बुझाएको हो । नेपाली कांग्रेस नगर सभापति राजेन्द्र प्रसाद पौडेल, नेकपा माओवादी केन्द्र नगर अध्यक्ष दिनेश राई, जनता समाजवादी पार्टीका गोपाल राई क्षेत्रीय सभापती, राप्रपा नेपाल राम बहादुर खत्री नगर सभापति र नेकपा एकिकृत समाजवादीका जि.स.स लोप्साङ शेर्पा हस्ताक्षर बिज्ञाप्तीमा संयुक्त बिज्ञाप्ती जिल्ला प्रशासन कार्यालय मार्फत गृह मन्त्रालय सिंहदरवारमा पठाएको हो ।
त्यस ठाउँका जनताहरुको प्राकृतिक सम्पत्ति र राजश्वमा मेयरका आसेपासेहरुलाई भरन पोषण गर्ने काम गरेको भन्दै कानुन विपरिद काम गर्ने मेयर त्यस माताहतका संलग्न कर्मचारीहरुलाई तत्काल कार्वाही गर्न ज्ञापन पत्रमा माग राखिएको छ । बाराम्वार मेयरलाई सच्चीना आग्रह गर्दा पनि अटेर गरेको भन्दै अबको बेथितिहरु सह्य नहुने जनाए ।


