Wednesday, April 22News That Matters

चौदण्डीगढीको बिशासय कालिका सहकारीलाई रकम हिनामिनको आरोप

पूर्णपुष्टि, १२ असार ।
देशैभर सहकारी काण्ड र विवाद चलिरहँदा उदयपुरमा पनि यसको गन्धहरु प्रसस्त मात्रामा देखा पर्न थालेको छ । केहि समय अघि गाईघाटमा रहेको तुलसी सहकारीले लाखौ मानिसको करडौँ रकम ठगेर फरार छन् । यो सागै उदयपुरको चौदण्डीगढी नगरपालिका १ मा रहेको बिशाय कालिका सहकारी संस्थामा पनि विवाद उठेको छ । सदस्य तथा सियर सदस्यहरुको बचत फिर्ता देखी ऋण वितरणमा पारदर्शीता नभएको भन्दै विवाद उठेको हो । संस्थाका केहि पदाधिकारीहरुले पहुँच र पावरको भरमा आफु र आफ्नालाई ऋण वितरण गरेर रकम हिना मिना गरेको सदस्यहरुले आरोप लगाएको छ । केहि सदस्यहरुले आफ्नो बचत माग्दा पनि संस्थाले दिन सकेको अवस्था छैन् ।
२०६८ सालमा स्थापना भएको संस्थाले युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट पहिलो किस्तास्वरुप ०७९ बैशाखमा ४० लाख र दोस्रो किस्ता चैतमा ४० लाखगरी कूल ८० लाख आएपनि शेयर सदस्यहरुलाई थाहै नदिइ पहुँजवालाहरुले आपूm खुसी बाडेर लिएको हुनसक्ने पीडित शेयरवालाहरुको भनाइ छ । सञ्चालक समितिकै उपाध्यष नीरबहादुर राईले सहकारीको विषयम आपूmलाई केही कुरा जानकारी नभएको बताए ।

उनले भने, ‘मलाई आफ्नो खुसी उपाध्यक्षमा राखेका रहेछन्, २ वर्ष भयो । मलाई बैठकमा बोलाएको पनि छैन । मलाई उपाध्यक्ष कस्ले राखे मेरो काम कर्तव्य के हो रु केही थाहा छैन । सुन्दैछु ८० लाख रकम हिनामिना भएको छ रे ।

पहुँजवालाले बाडेर खाए भन्ने तर कार्यालय एक दिन खोल्दैनन् कहाँ कता बुझ्नु रु केही त कैफियत भएरै नखोलेको हुन सक्छ ।’सहकारीका सदस्य मनिराम राईले संस्थामा आएको पैसा लक्षित वर्गलाई नदिइ आफ्नो आफ्नो मिलेर खाएको बताए । संस्थाको आयब्याय के कति छ रु २ वर्ष वितिसक्दासम्म साधारणसभा पनि राखेका छैनन् र संस्थाको हरहिसावपनि सार्वजानिक तथा पार्दर्शी नगरिको बताए । शेयर सदस्य रामकुमारी नेपालीले भनिन् ‘स्थापपनाकालमा सबै यो संस्थाको शेयर सदस्य बन्नु पर्छ, आपत विपदमा ऋण पाइन्छ भनेर फकाएर शेयर सदस्य बन्न लगाए ।
पैसा जम्मा हुँदै गएपछि ठूलाबडा पदमा रहेकाले मात्रै ऋणपान पाए पनि तर हामीले पाएनौ, बुवा लडेर घाइते हुँदासम्म ऋण नपाइएन दिएनन् ।’ त्यस्तै अर्का पीडित भोटे सार्कीले नलिएको ऋण छ भन्दा झस्किएको बताए । उनले भने, ‘शेयर सदस्य चाही हो ।

तर ऋण लिएको थाहा छैन, एक दिन संस्थाको सचिव तर शिक्षक पनि हो, इश्वरी दाहालले तेरो नाममा २ लाख रुपैयाँ छ कहिले तिर्छस है रु भने पछि मैले ऋणै लिएको छैन कसरी मेरो नाममा ऋण भयो सर भन्दा जवाफ दिएनन् ।’
संस्थाका सचिव दाहालले संस्था लथालिंग अवस्थामा भएको स्वीकारेका छन् । उनले सहकारीको नियम अनुसार सञ्चालन हुनु पर्ने तर अहिले सहकारीको नियम अनुसार साधारणसभा पनि २ वर्षदेखि नभएको बताए । संवन्धित निकायबाट आएको ८० लाख रुपैयाँ शेयरधनीहरु ४५ जनालाई ऋण बाडिएको बताए ।

उनले भने, ‘अब यस संस्थाको चाडै नै बैठक बसेर साधारणसभा राख्न तयारीमा रहेको सचिव दाहालले बताए ।
यस संस्थाका अध्यक्ष अहिलेका जननिर्वाचित वडाध्यक्ष सिताराम राई हुन् भने उनीसँग कुराकानी गर्न खोज्दा बैठक भएको जानकारी दिँइदै पन्छिएका छन् ।
कूल ५ सय ४७ शेयर सदस्य संख्या रहेको संस्थाले अहिलेसम्म अधिकांशले सेवा सुविधा नपाएको पत्रकारहरुसँग गुनासो सुनाएका छन् ।
कतिपयले त आपूmले बचत गरेर राखेको पैसासम्म फिर्ता माग्दा सञ्चालक समितिका पदाधिकारीहरुले हप्किदप्कि गर्ने गरेको पीडितहरुले बताएका छन् । सहकारी बन्द भएपछि ऋण लिएकाहरुले किस्ता तिर्नसम्म नपाएको पीडितहरुले बताएका छन् । सहकारीको कार्यालय भने चारघरे स्थित जागिरमान राईको घरमा भोटे ताल्चा लगाइरहेको अवस्थामा छ । स्मरण रहोस् अहिले मुलुकभरका सहकारी संस्थाहरुको सञ्चालन गने कार्यशैली विधि भने सहकारी ऐन भन्दा फरक ढंगको रहेकोले तपाइ जोकोहीले पनि पैसा जम्मा गर्दा एक पटक सोच्न जरुरी छ ।