Wednesday, June 10News That Matters

चौदण्डीगढीको सगरमाथा आधारभुत बिधालयमा सप्ताहा महापुराण

पूर्णपुष्टि, बैशाख २४ । उदयपुरको चौदण्डीगढी नगरपालिका ७ भुल्केस्थित सगरमाथा आधारभुत बिद्यालयमा सप्ताहा महापुराण लगाईएको छ । बिद्यालयले आधारभुतबाट माद्यामिक स्तरसम्म पुर्याउने उदेश्यका साथ श्रीमद्भागवत सप्ताह महापुराणको आयोजना गरेको हो ।

बिद्यालयले आयोजना गरेको महापुराण शनिबार कोशी प्रदेशका उपसभामुख श्रीजना दनुवारले उद्घाटन गर्नुभएको थियो । उप सभामुख दनुवारले उद्घाटन समारोहमा शिक्षा जस्तो पवित्र क्षेत्रमा धार्मिक अनुस्ठानको आयोजना गरेर बिधालयको शैक्षिक सुधार गर्ने अभियान सफल होस भन्ने सुभकामान दिदैँ पवित्र कार्यसफल बनाउन आफ्नो ब्यक्तिगत तर्फवाट, कोशी प्रदेशका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्ध रहेको बताएकी थिईन् ।

श्रीनिवासचार्य स्वामी महाराजको मुखारबाट संगितमय कथा वाचन गर्ने यस महायज्ञबाट सकंलन हुने रकमले स्कुल बस खरिद गरेर बिद्यालयलाई आधारभुत तहबाट माध्यामिक तहमा बृद्धी गरिने सोही वडाका वडा अध्यक्ष केशव अधिकारीले जानकारी दिनुभयो । बैशाख २३ बाट सुरु भएको महायज्ञ ३१ गते समापन गरिने बिद्यालयले जनाएको छ ।