Monday, May 4News That Matters

चौदण्डीगढीमा राष्ट्रिय वंगुर अनुन्धान केन्द्रको लागि अनुगमन

पूर्णपुष्टि, ४ भदौ । उदयपुरको चौदण्डीगढीमा राष्ट्रिय बंगुर अनुसन्धान केन्द्रको लागि अनुगमन भएको छ । उच्च स्तरीय प्रविधीसहितको मुलुभरकै ठूलो राष्ट्रिय अनुसन्धान केन्द्र चौदण्डी ४ बसाहामा बन्न लागेको हो ।

राष्ट्रिय अनुसन्धान केन्द्र (नार्क) खुमलटारका प्रमुख नवीन पौडेल, राष्ट्रिय अनुसन्धान प्रतिष्ठानका प्रमुख डा। स्वयम श्रेष्ठ, लोकसेवा आयोगका बलदेव जोशी, राष्ट्रिय अनुसन्धान तरहराका प्रमुख डा।केशव श्रेष्ठ, राष्ट्रिय भैसी अनुसन्धानका संयोजक पवन झा, पाख्रिवास कृषि अनुसन्धानका प्रमुख डा। गोविन्द तिम्सिना, राष्ट्रिय वंगर अनुसन्धान पाख्रिवासका संयोजक डा. मनोज यादव, भेटनरी अस्पताल उदयपुरका प्रमुख रामनायण साह र स्थानीय सरोकारवालाबीच शनिवार आवश्यक जग्गाको अनुगमणसमेत गरिएको वडाध्यक्ष लुंगाराज राईले बताएका छन् ।

जाल्पा जन माध्यामिक विद्यालयसँग जोडिएको सार्वजानिक जग्गामा बन्न लागेको अनुसन्धान केन्द्रबाट हुने लाभ र नोक्सानीका विषयमसमेत आवाज उठेको थियो । स्थानीय युवा समाजसेवीहहरु शेखर राई, कुमार राई गौतम राई लगायतले अनुसन्धान केन्द्रबाट हुने विद्यार्थी र स्थानीयमा पर्न सक्ने स्वास्थ्य असरहरुको बारेमा जिज्ञासा राखेका थिए ।

अहिलेसम्म मुलुकमा प्रयोग नभएको उच्चस्तरी प्रविधिहरु प्रयोग हुँने भएकोले सो विषयमा कुनै स्वास्थ्य समस्याहरु नआउने उनीहरुले विश्वास व्यक्त गरेका थिए । राष्ट्रिय अनुसन्धान केन्द्रका प्रमुख डा। पौडेलले भने, ‘कार्यक्रम सञ्चालन भएपछि स्थानीयवासीमा पर्न सक्ने स्वास्थ्य समस्याहरुको बारेमा कसरी निराकरण गर्न सकिन्छ भन्ने विषयमा मुलुभरको सबैभन्दा उच्चकोटीको प्रविधिहरु प्रयोग हुने भएकोले स्वास्थ्यमा कुनै समस्या आउँदैन बरु यो कार्यक्रम कसरी चाडै स्थापना गर्न सकिन्छ त्यतातिर ध्यान दिनुस् किन की यो कार्यक्रम बढी स्थानीवासीको हितमा छ ।’

अनुसन्धान केन्द्र स्थापित हुन सके स्थानीयवासीलाई धेरै सेवा सुविधाहरु प्राप्त गर्न सक्ने विज्ञ टोलीहरुले दावी गरेका छन् । कार्यक्रम सञ्चालन भएपछि हामी त छदैछौं । तर एक जना विज्ञ भेटनरी चिकित्सक रहने छन् भने अढाइसयदेखि ३ सय जना स्थानीयले रोजगार पाउने बताइएको रहने छन् भने अढाइसयदेखि ३ सय जना स्थानीयले रोजगार पाउने बताइएको छ ।