
पूर्णपुष्टि, जेठ ३ गते ।
उदयपुरको चौदण्डीगढी नगरपालिकामा एमालेले फराकिलो अग्रता बनाएको छ । एमालेबाट प्रमुखपदका आकाङक्षी कालुमान लामाले ६३०७ मत प्राप्त गरेका छन् । काँग्रेसका खग्रेन्द्र राईले ५४३६ मत प्राप्त गरेका छन् । काँग्रेस भन्दा एमाले ८७१ मतान्तरले अगाडी रहेको छ ।
उपप्रमुखमा पनि एमालेकै उम्मेदवार अगाडी छिन् । एमालेकी मणिकादेवी दुलाल ६५६३ मत प्राप्त गर्दा काँग्रेसकी रिताकुमारी चौधरीले ५०८४ मत ल्याएकी छिन् । चौदण्डीमा १८१३८ मत गनिसकिएको छ ।
