
पूर्णपुष्टि, फागुन २
चौदण्डीगढी नगरपालिकामा आईतबार बाट खेलकुद महोत्सव सुरु भएको छ । पालिकाको वाड नं १ स्थित एक महिने खेलकुद मोत्सवको उद्घाटन नगर प्रमुख खगेन्द्र राई र उप मेयर रिता कुमारी चौधरीले संयुक्त गरे । खेलकुद महोत्सवमा पहिलो चरणको खेलमा भलिवल बाट सुरु गरिएको छ । चौदण्डिगढी नगरपालिका र नगर खेलकुद बिकास समितिको संयुक्त आयोजनामा खेल सुरु भएको छ । महोत्सवको पहिलो दिन आईतबार प्याराग्लाईडिङ सहित भलिबल खेल सम्पन्न भएको हो । फ्ल्याईङ ओन्डर्स प्याराग्याईडिङ नेपालको समुहले चौदण्डीगढी डाँडाबाट नगरपालिकाको वडा नंम्बर ३ अन्तरगत भोर्लेनी सम्म १५ किलोमिटर दुरी प्याराग्लाईडिङ उडान समेत हो ।

महोत्सवको उद्घाटन गर्दै नगर प्रमुख राईले सर्वसाधारण सबैले सुख, शान्ति र समृद्ध चाहेको बताए । खेलकुदबाट समग्र चौदण्डीगढीको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उदेश्यले महोत्सवको आयोजना गरिएको बताए ।
लामो समयसम्म कोरोना महामारीले थला परेको जनजीवनलाई खेलमैदानमा आएर खेलकुद हेरेर पनि ९फ्रेस० हुने बताउँदै सबै वडामा प्रतियोगिता सञ्चालन गरिने बताए ।नेपालको संविधानले दिएको अधिकारहरुलाई प्रयोग गर्दै नगरवासीको हितमा शिक्षा, स्वास्थ्य, कृषि लगायत रोजगारमा फड्कोमारी रहेको नगर प्रमुख राईको धारणा व्यक्त गरे ।

महोत्सव उद्घाटन कार्यक्रममा नगरपालिकाका उप–प्रमुख रिताकुमारी चौधरी, वडा नम्बर १० का वडाध्यक्ष रामकुमार खड्का, वडा नम्बर ९ का वडाध्यक्ष प्रकाश राउत, नेकपा एमाले चौदण्डीगढी नगरपालिका १ वडा कमिटिका वडाध्यक्ष जागिरमान राई, नेपाली काङ्ग्रेस चौदण्डीगढी नगरपालिका १ नम्बर वडा समितिका सभापती मिनबहादुर कोईराला, नेकपा माओवादी चौदण्डीगढी नगरपालिका १ नम्बर वडा कमिटिका अध्यक्ष निरबहादुर राई, जसपाका मौसम वान्तवा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उद्घाटन खेलमा भोजपुरको आमचोक र उदयपुरको त्रियुगाबीज भएको खेलमा आमचोक विजयी भएका छन् भने त्यस्तै बेलका र आयोजक ‘ए’बीज भएको प्रतियोगितामा आयोजकले जित हासिल गरेको छ । प्रतियोगितामा विजयी हुने समूहले प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमश, १ लाख २५ हजार, ७५ हजार र ३५ हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने नगर खेलकुद विकास समितिका सचिव भाष्कर चौधरीले जानकारी दिए । उक्त प्रतियोगिता ३ गतेसम्म सञ्चालन हुनेछ ।

