
पूर्णपुष्टि, जेठ २६ गते ।
मेलम्ची खानेपानी आयोजनाको भौतिक पूर्वधारको निर्माण कार्य छिट्टै सम्पन्न हुने खानेपानी मन्त्री विना मगरले बताएकी छन् ।
प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको मन्त्रालयत शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री मगरले भौतिक पूर्वाधारको निर्माण सकेर आगामी आर्थिक वर्षमा त्यसको वितरणको कार्यलाई व्यवस्थित गर्ने बताईन् ।
मेलम्ची खानेपानीका सन्दर्भमा उठाइएका प्रश्नको बिट मार्ने बेला आएको मन्त्रि मगरले बताईन् । खानेपानी मन्त्रालय र नेपाल सरकारले मेलम्ची खानेपानीको बिट छिट्टै मार्दैछौं । हामी मेलम्ची खानेपानीको उद्घाटनको समय सार्वजनिक गर्ने तयारीमा छौं ।”
विगत दुई दशकदेखि मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य जारी छ । उपत्यकावासी भने वर्षौंदेखि पर्खिदा पनि मेलम्चीको पानी नआएपछि निराश छन् । तर अब निराशा अन्त्य हुने मन्त्री मगरको भनाइ छ ।
