Wednesday, June 17News That Matters

छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित ४ जना पक्राउ

पूर्णपुष्टि, माघ १८ गते । झापा र मोरङको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका–९ का २२ बर्षीय अर्जुन आले, ३८ बर्षीय कृष्ण लिम्बु, धरान–१३ का २० बर्षीय शुक्र भुजेल र २१ बर्षीय पवन अधिकारी रहेका छन् ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा आले र लिम्बुलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो । उनिहरुको साथबाट प्रहरीले १ ग्राम ब्राउनसुगर बरामद गरेको हो ।

त्यस्तै मोरङको बिराटनगर–१६ स्थितमा भारतबाट नेपाल तर्फ आउदै गरेका पैदल यात्री भुजेल र आधिकारीलाई प्रतिबन्धित औषधीसहित प्रहरीले पक्राउ गरेको हो । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले उनिहरुको साथबाट निषेधित औषधी लुपिजेसिक,एभिल, फेनारगन र डाईजोपाम सहित १४० एम्पुल बरामद गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धित कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।