
झापा, भदौ १९ गते ।
झापाको शिवसताक्षीमा धारीलो हतियार छुरा प्रहारबाट एक जना घाईते भएको छ । शिवसताक्षी नगरपालिका–८ को वडाकार्यालयमा बस्ने सरगम भनेर चिनिने सागर तिमिल्सनाले छुरा प्रहार गरी सुरजरिङ्गालुङ राईलाई घाईते बनाएको हो ।
बुधबार दिउँसो १२ बजे नगरपालिका–११ निबासी ३३ वर्षीय राईको छातिमा २३ वर्षीय तिमिल्सनाले छुरा प्रहार गरी घाईते बनाएको प्रहरीले जनाएको छ ।
घटनाको जनाकारी पाउनासाथ प्रहरी घटना स्थल पुगी घाईतेलाई उपचारको लागि वि एण्ड सि अस्पताल विर्तामोड पठाएको छ भने छुरा प्रहार गर्ने तिमिल्सेनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
