
तेह्रथुम, बैशाख २६ गते ।
तेह्रथुममा आफ्नै छोराले आमाबुवाको हत्या गरेको छ । फेदाप गाउँपालिका–५ ईसिबु बस्ने २० वर्षीय कन्न लिम्बुले आमा बुवाको हत्या गरेको प्रहरीले जनाएको हो ।
कन्चनले विहिबार साँझ करिब साँढे ६ बजे ४२ वर्षीय रुपबहादुर लिम्बु र सौतेनी आमा ३५ वर्षीया रुपेनी लिम्बुलाई बन्चरोले टाउको र ढाडमा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
बन्चरो प्रहारबाट दुबै जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । बन्चरो प्रहार गर्ने कन्चनलाई पक्राउ गरी घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिप्रकाले जनाएको छ ।
